गृहपृष्ठ सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, साढे दुई बर्षपछि माओवादीले नेतृत्व गर्ने

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, साढे दुई बर्षपछि माओवादीले नेतृत्व गर्ने

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, साढे दुई बर्षपछि माओवादीले नेतृत्व गर्ने

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए ।
माओवादी केन्द्रले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाए पनि कांग्रेसले टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

दलहरुबीच भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी थालेका छन् ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु