गृहपृष्ठ देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते
दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको हो ।
डिएसपी गौतमका अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको छ ।
प्रकाशित समय : ०८:३४ बजे



















