गृहपृष्ठ ‘आइएमई पे’ मार्फत् डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने
‘आइएमई पे’ मार्फत् डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा छुट पाइने
‘आइएमई पे’ले अब डिजी मार्टमा ‘आइएमई पे’मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।
सो अफरअन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० सम्म १० प्रतिशत छुट पाउने छन् । अफर अन्तराल भर सो छुट ५ पटकसम्म प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर ज्येष्ठ १ देखि असार ३१ सम्म चल्ने छ ।
‘आइएमई पे’ र डिजी मार्ट बीचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको जनाइएको छ । यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको कम्पनीको भनाइ छ ।
प्रकाशित समय : ११:४४ बजे



















