global ime bank Long Banner Ad

गृहपृष्ठ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणमा रोक लगाए आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणमा रोक लगाए आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणमा रोक लगाए आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

सेयर बजारका लगानीकर्ताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् ।

लगानीकर्ताहरुले वर्षौंदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई कार्यन्वयनको अन्तिम चरणमा अवरुद्ध पार्दा केही स्वार्थ समूहको भलो भए पनि समग्र अर्थतन्त्र र लगानीकर्ताहरुको भलो नहुने उनीहरुको भनाइ छ । कुनै पनि बहानामा बजार सुधारको प्रक्रियालाई अवरुद्ध गर्न खोजे लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रिन बाध्य हुने लगानीकर्ताहरूले चेतावनी दिएका छन् ।

सेयर बजारमा आबद्ध करिब ५७ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै पुगेका तीनवटा संस्थाका प्रतिनिधिहरुले लगानीकर्ताको मुख्य माग स्टक एक्सचेन्ज र नयाँ ब्रोकरको लाइसेन्स प्रक्रिया भएको बताएका छन् ।

लिखित मागपत्र बुझाउँदै उनीहरुले स्टक एक्सचेन्ज, नयाँ ब्रोकर, कोमोडिटी एक्सचेन्ज लगायतका बजार सुधारका कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु