गृहपृष्ठ आजबाट मौसममा सुधार
आजबाट मौसममा सुधार
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुने जनाएको छ । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा बुधबार रातिसम्म भारी वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले रातिदेखि मौसममा क्रमिक सुधार हुने बताइन् । उनका अनुसार काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम सफा हुनेछ ।
यस्तै पछिल्लो ६ घन्टायता उपत्यकाको भक्तपुरमा धेरै वर्षा मापन भएको छ । नगरकोटमा रहेको मापन केन्द्रले ५०.४ एमएम वर्षा रेकर्ड गरेको उनले बताइन् ।
यस्तै काठमाडौं विमानस्थलामा १८.२ एमएम वर्षा मापन भएको छ । मेघगर्जन तथा चट्याङका घटनाहरू भएपछि केही बेर विमानहरूलाई काठमाडौंबाट डाइभर्ट गरिएको थियो ।
प्रकाशित समय : ०६:४५ बजे


















