काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शरणार्थी प्रकरणमा तीन शीर्षको व्यापक चलखेल, खाँण नै अन्तिम अभियुक्त !

7.14K
shares

बालकृष्ण खाँड पक्राउ परेको तीन दिन वितिसक्दासमेत प्रहरीले बयान दिन सकेको छैन । पक्राउ गर्दा हतकडीमा छुट दिएपछि बरामद गरेको कागज खोसेर चपाएर निलेका खाँणले बयानमा प्रहरीको सहानभूति पाइरहेका छन् । यसले सडक तात्तिएका बेला भित्र के पाक्दैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । अनुसन्धानको गति र प्रमुख तीन दलका शीर्ष नेतृत्वको छट्पटी हेर्दा पूर्वगृहमन्त्री खाँड नै नक्कली भुटानी शरणार्थी प्रकरणका अन्तिम ठूला अभियुक्त बन्दैछन् । उनीबाहेक अर्काे व्यक्ति तानिने सम्भावना अब विस्तारै हराउँदै गएको छ । किनकि नाम जोडिएका र शंका गरिएका अन्य व्यक्तिलाई बचाउन शीर्ष नेताहरु आफ्नो प्रपञ्चमा ‘कामयाब’ बनेको लगभग पक्का छ ।

अहिलेको मुद्धा कमजोर बनाउन मुलतः तीन नेताको भूमिका प्रमुख छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक–पटक भेट्नुले पनि यहि संकेत गर्छ । जबकि प्रधानमन्त्री प्रचण्डको अविचलित इच्छाशक्तिबिना मुद्धाको छानबिन नै सम्भव छैन । तर एकले अर्काेलाई बचाएर एकबाट अर्काे जोगिन उनीहरु योभन्दा माथि मुद्धा बढाउने नियतमा छैनन् । किनकि आरजुलाई पक्राउ गर्ने अवस्था बने देउवाले चाहेको एक मिनेटमै सरकार ढल्न सक्छ । फलतः प्रधानमन्त्री प्रचण्डले यति छिट्टै आफ्नो बहिगर्मन चाहेका छैनन् । उनीमाथिसमेत क्यानटोनमेन्टदेखि बुढीगण्डकीसम्मको भ्रष्टाचार आरोप रहेकाले एकलाई कारबाही गर्दा १० पटक सोच्नुपर्ने अवस्थामा प्रचण्ड छन् । एमाले अध्यक्ष ओलीले आफ्नाविरुद्धमात्रै कारबाही केन्द्रीत भए बद्ला लिने संकेत सार्वजनिक मञ्चबाटै गरेका छन् । फलतः शीर्ष नेतृत्वबाटै सामसुम पार्ने कोशिसलाई तुहाउन अन्य दलको भूमिका अपरिहार्य छ । यद्यपी छानबिन भइरहेकै मुद्धा संकटमा परेका बेला उनीहरु अन्य मुद्धाको बोझ थुपार्ने कुरा गरिरहेका छन् ।

बालकृष्ण खाँड पक्राउ परेपछि पत्नी मञ्जु खाँड कसुरदार रहेकोमा अपवादबाहेक दुईमत छैन । उनी निर्दाेष नै भएको भए भाग्नुपर्ने अवस्था पनि थिएन । तर पतीलाई थुनाएर फरार अवस्थामा मञ्जु छिन् । उनी विदेशीने सम्भावना देखिएपछि निगरानी बढाएको प्रहरीको भनाइ छ । मञ्जुसँगै नाम जोडिएकी देउवापत्नी आरजु राणामाथि पनि आशंकाकै भरमा मात्र प्रश्न उठेको होइन । उनी दोषी वा निर्दाेष ? त्यसको निक्र्याेल छानबिनबाट मात्रै सम्भव थियो । तर छानबिन हुने छाँट नै छैन । किनकि पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पोल खोलेपछि मात्रै खाँड पक्राउ परेका हुन् । उनले आरजुको नामसमेत लिएका थिए । तर बयान चलिरहेकै बेला आरजु र पक्राउ परेका सचिव पाण्डेलाई रानीपोखरी प्रहरी कार्यालयमा गोप्य भेटवार्ता गराउने काम एआईजी श्याम ज्ञवालीले गरेको विषय सतहमा छ । फलतः सरकारमा भएकै दलहरु पनि अनुसन्धानमा अविश्वास गरिरहेका छन् ।

दोषी नभएको भए एमाले सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी भाग्ने अवस्था थिएन । भागेर समय गुजार्दा शीर्षले सेटिङ मिलाएर उम्काउने बुझेकै कारण उनी अहिलेसम्म सम्पर्कविहिन नै छन् । गिरोहको योजना गृहमन्त्रायलसम्म विस्तार हुँदा रामबहादुर थापा बादल गृहमन्त्री थिए । बालकृष्ण खाँड जति दोषी हुन् उत्तिकै प्रश्न बादलमाथि पनि छ । तर बादललाई आजसम्म पनि अनुसन्धानको दायरामा ल्याउन प्रहरीले प्रमाण भेटाएको छैन । फलतः पक्राउ परेकाहरुमाथि मात्रै अनुसन्धान सकाएर मुद्धा दर्ताको तयारीले थप आशंका जन्माएको हो ।

पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको विषयलाई मात्रै उपलब्धि बनाएर प्रहरी सफलता मनाउने ध्याउन्नमा छ । तथापी सकेसम्म मतियार खोज्न प्रहरी व्यस्त बन्दा मति भ्रष्ट शीर्ष नेतृत्व खुलेरै बचाउमा उत्रिएका छन् । फलतः उनीहरु रहेसम्म कुनै पनि भ्रष्टाचारका मुद्धाले मूर्त रुप पाउने सम्भावना श्वास रहेसम्मको आशमात्रै बनेको छ ।