global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई दियो शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई दियो शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई दियो शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्टेप टुवर्डस् इजुकेशन’ लाई निरन्तरता दिएर एयरलाइन्सले पुनः सहयोग प्रदान गरेको हो । यस एयरलाइन्सले निरन्तर सातौँ वर्षदेखि सहयोग गर्दै आएको छ ।

एयरलाइन्सले यही वैशाख २८ गते प्रयास नेपालमा आयोजित कार्यक्रममा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । एयरलाइन्सले शैक्षिक सत्र २०८० को लागि विद्यार्थीलाई नोटबुक, रजिस्टर र शैक्षिक पाठ्यक्रम र पुस्तकजस्ता शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको थियो ।

साथै यस वर्ष एयरलाइन्सले खाना पकाउने र उद्यमशीलताको सीपलाई सुधार गर्न रेस्टुरेन्टको सुरुवाती पहल ‘लभ एपेटाइट’को लागि ‘विशेष ज्ञान आदानप्रदान सत्र’ पनि आयोजना गरेको थियो । संक्षिप्‍त सत्रमा नेपाल एकेडेमी अफ ट्राभल एण्ड होटल म्यानेजमेन्टका प्रशिक्षक आकाश लामाले बालबालिका र लभ एपेटाइटका टोलीलाई भान्साको सुरक्षा, सरसफाइ, मेनु योजनाबारे प्रशिक्षण दिएका थिए ।

उक्त कार्यमा सहयोग गर्न पाउनु एयरलाइन्सको गौरवको कुरा भएको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बताए । उनले भने, ‘प्रयास नेपालसँगको हाम्रो सात वर्षको सहकार्यमा बालबालिकाले हाम्रो पहलमार्फत् आफ्नो सपना पूरा गरेको देख्दा हामी साँच्चै खुसी छौं । विद्यार्थीहरू शिक्षाको पहलतर्फ र जीवनमा आत्मनिर्भर बन्न आफ्नै खुट्टामा उभिन लागिपरेका छन् । यस रेष्टुरेन्ट स्टार्टअपमार्फत् बालबालिकाले आफ्नो सिकाइ र जीवनमा सम्मानका साथ अगाडि बढ्नसक्ने क्षमताको उत्कृष्ट प्रदर्शन गरेका छन् ।’

उनले हिमालय एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्य पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रयास नेपालका अध्यक्ष मणि जोशीले हिमालय एयरलाइन्सको निरन्तर सहयोगको प्रशंसा गर्दै यसले बालबालिकाको शैक्षिक प्रदर्शनलाई मात्र नभई उनीहरूमा सिकाइप्रतिको लगाव विकास गर्न मद्दत पुग्ने बताए ।

उनले भने, ‘हामी हिमालय जस्तो एयरलाइन्सलाई साझेदारीको रुपमा पाउँदा भाग्यमानी छौं, जसले शिक्षालाई महत्व दिन्छ र आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न समर्पित छ । रेस्टुरेन्ट सुचारु रूपमा चलाउनका लागि यस वर्ष हाम्रा युवाहरूलाई सीप बढाउने तालिममा यहाँहरूको थप सहयोगको लागि हामी आभारी छौं ।’

प्रयास नेपाल सन् २००३ मा शिक्षा, चेतना र सीपमूलक तालिमको माध्यमबाट वञ्चित बालबालिकालाई सशक्तीकरण गर्ने सोचका साथ स्थापना भएको हो । संस्थाले विगत दुई दशकदेखि नेपालका विभिन्न भागका अनाथ, परित्यक्त र शारीरिक रुपमा अशक्त बालबालिकाका लागि बाल गृह सञ्चालन गर्दै आएको छ ।

हिमालय एयरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउँदै आएको छ ।

प्रकाशित समय : २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु