गृहपृष्ठ जजिराले भैरहवामा रोक्यो उडान, उडानविहिन गौतमवुद्ध विमानस्थल
जजिराले भैरहवामा रोक्यो उडान, उडानविहिन गौतमवुद्ध विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो ।
योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो । जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिराले रातमा उडान गर्दा विमामनस्थलमा ‘ओभर टाइम’ दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको हो ।
प्रकाशित समय : १५:५९ बजे


















