काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, प्रयत्न गरे हुन्छ–शशांक कोइराला

7.96K
shares

भ्रष्टाचार न्यूनीकरण गर्न सबैले प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कोइरालाले भ्रष्टाचार एउटा गम्भीर रोग बनेको भन्दै त्यसलाई निर्मूल पार्न नसकिने अवस्थासम्म पुगेको जिकिर गरेका छन् ।

उनले भने, ‘वास्तवमा भ्रष्टाचार भनेको हामीले नै गर्ने हो । हामीले नगर्ने हो भने भ्रष्टाचार कम भइहाल्छ । यसलाई निर्मूल गर्न सकिन्छ कि सकिँदैन ? कतिपय देशले त निर्मूल पनि गरेका छन्,’ उनले भने, ‘तर मलाई लाग्छ, भ्रष्टाचार निर्मूल गर्नै नसकिने विषय होइन, तर हामीले त्यसलाई प्रयत्न गर्नुपर्ने हुन्छ,’।

भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिनुपर्ने उनको भनाई छ । ‘बीपी कोइराला प्रधानमन्त्री हुँदा उहाँको भाइले नयाँ जुत्ता लगाउनुभयो, जब त्यसको स्रोतमाथि प्रश्न उठ्यो, उहाँले त्यही दिन उहाँलाई बर्खास्त गरिदिनुभयो । भ्रष्टाचारमा सरकारको, राजनीतिक नेतृत्वको त्यो किसिमको शून्य सहनशीलता हुनुपर्छ,’ उनले भने ।