गृहपृष्ठ प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि–बजेटबारे छलफल भइरहेको छ ।

आज प्रि–बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।

छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै प्रिबजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु