काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारले संशोधन गर्‍यो झिटिगुन्टा नियमावली, विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने

8.61K
shares

सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीले आफूलाई आवश्यक हुने थप एक मोबाइल ल्याउन पाउने भएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने निर्णय भएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी मोबाइल ल्याउन सहज हुनेगरी गृह कार्य गर्न सञ्चार र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नियमावली संशोधन गरी विदेशबाट मोबाइल ल्याउन सहज बनाएको हो । साथै, त्यसरी ल्याएको मोबाइल ‘मोबाइल भिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमस)मा समेत दर्ता हुने निर्णय सरकारले गरेको छ ।