global ime bank Long Banner Ad

गृहपृष्ठ ओली–प्रचण्डबीच आज पनि छलफल

ओली–प्रचण्डबीच आज पनि छलफल

ओली–प्रचण्डबीच आज पनि छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्ने गरि समय तय भएको छ । भेटवार्ताको एजेण्डाबारे थाहा छैन’, प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लो हुन थालेको हो । बिहीबार पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो । बिहीबारको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन ? भनेर प्रश्न गरेका थिए ।

बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु