काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति पौडेलद्वारा संघीय संसद्‌मा दुई सचिव नियुक्त

6.05K
shares

 संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले दुई सचिव नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरिएको हो ।

सभामुख र अध्यक्षको सिफारिस अनुसार राष्ट्रपति पौडेलले पाण्डेय र अर्याललाई नियुक्त गरेको र दुवैलाई नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट संघीय संसद् सचिवालयलाई प्राप्त भएको संसद्का महासचिव भारतराज गौतमले जानकारी दिएका छन् ।

पाण्डेय र अर्याललाई यही वैशाख १७ गते नियुक्ति सिफारिस गरिएको थियो । प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो ।

दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका थिए ।सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।