nmb bank

गृहपृष्ठ प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट

प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट

प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट

प्रभु बैंक र सौभाग्य हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । साे सम्झौताअनुसार बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट हुने भएको छ ।

यसका साथै प्याथोलोजी, एक्स-रे, युएस्जी, एन्डोस्कोपी, नर्मल बेड, एच्डीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयूरएन्आइसीयू सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनेछन् ।

सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु