चितवन–२ को अपडेटः रविलाई १५ सय मतान्तरको अग्रता
वि.सं.२०८० वैशाख ११ सोमवार १८:०३
shares

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेको अग्रता कायमै छ । इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५ सय भन्दा बढी मतान्तरले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएङ्का छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन् ।

























