गृहपृष्ठ कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु