गृहपृष्ठ यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय बिहीबार सार्वजनिक गरेकी छन् ।

सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । सार्वजनिक संस्थान सुझाव समितिको अवधारणा पत्र २०८० स्वीकृत गरी शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् । त्यस्तै सरकारले काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल-भारत पेट्रोलिएम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख १२ गते संयुक्त कार्यसमूहको बैठक आयोजना गर्ने निर्णय गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । पेट्रेलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक दुवैतर्फका सहसचिवस्तरीय हुनेछ । बैठकले लेखापरीक्षणमा बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनयन गरेको छ ।

निर्णयहरू :

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु