गृहपृष्ठ स्मार्ट टेलिकमको लाइसेन्स खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमले कर नतिरेको भन्दै वैशाख ४ गते लाइसेन्स खारेज गरिदिएको थियो । त्यसअघि स्मार्ट टेलिकमले अरू टेलिकमसरह आफूले पनि कर किस्तामा तिर्न पाउनुपर्ने र तत्काल लाइसेन्स खारेजकाे प्रक्रिया अगाडि नबढाउन मागसहित उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

पहिलो रिटको प्रारम्भिक सुनुवाइमा अदालतबाट अन्तरिम आदेश जारी भएन । अदालतले शुक्रबार दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ । प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज निर्णय कार्यान्वयन नगराउन माग गर्दै पुनः स्मार्ट टेलिकमको तर्फबाट रिट दर्ता भएको थियो ।

दोस्रो रिटमा सुनुवाइ गर्दै न्यायाधीश नरिश्वर भण्डारीको इजलासले प्राधिकरणको वैशाख ४ गते भएको निर्णय पुरानो रिटको सुनुवाइ अगाडि कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु