global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताले चितवनको चुनावी सभालाई सम्बोधन गर्दै

वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ ।

दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य ३ पूर्वप्रधानमन्त्री जाँदैछन् ।

चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन् ।

चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन् ।

चितवन २ बाट गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए ।

नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकता अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो । रविको पद गएसँगै रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

चितवन २ मा रविसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा बढी चर्चा रास्वपा, नेकपा एमाले र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ ।

नागरिकता पुनर्प्राप्तिपछ रविले पुनः यहाँबाट उम्मेदवारी दिएका छन् । नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु