गृहपृष्ठ सीजी नेटले विस्तार गर्यो ७ नयाँ सहरमा सेवा
सीजी नेटले विस्तार गर्यो ७ नयाँ सहरमा सेवा
इन्टरनेट र आईपीभीटीका साथ सिजी नेटले ‘स्पिड दमदार प्राइस शानदार’ अफर लिएर आएको छ ।
यस अफरअन्तर्गत १३० एमबीपीएस रु ७९९ मा २५० एमबीपीएस रु १०४९ मा र ३५० एमबीपीएस नेट मात्र रु १२९९ प्रति महिनामा नेटको सुविधाका साथ सीजी नेटले आफ्ना प्रयोगकर्तालाई रु ३ लाखसम्मको दुर्घटना बिमा र सीजीका घडी, इयरफोनलगायत अन्य अरु घरायसी सामग्रीको खरिदमा ३५ प्रतिशतको डिस्काउन्ट अफर लिएर आएको छ ।
सीजी नेट जोडेर प्रयोगकर्ताहरुले रु ४ लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमाडौंको सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहबफसम्म आफ्नो सुविधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केही महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाँउहरुमा पुर्याइसकेको छ ।
वैशाख ३ गते पोखरामा उद्घाटन गर्दै सीजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुंग्याइएको जनाएको छ । आइतबार पोखरा सहरमा उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै सीजीले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो ।
कम्पनीका सीईओ भन्छन्, ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं । आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं, र त्यसलाई सकेसम्म धेरैभन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौं । भरपर्दो ग्राहक सेवाका साथसाथै किफायती दरमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौं ।’
प्रकाशित समय : ११:२६ बजे


















