global ime bank Long Banner Ad

गृहपृष्ठ आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ स्थिर

 नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सोमबार पनि अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २२ पैसाले कम हो । आइतबार यसको खरिदमूल्य १६३ रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १६४ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।

सोमबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ । आइतबार साउदी अरेबियन, युएई दिराम र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ ।

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४८ रुपैयाँ १९ पैसा तोकिएको छ।

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु