global ime bank Long Banner Ad

गृहपृष्ठ हेमजा आलु महोत्सव : पाँच करोडको आलु बिक्री

हेमजा आलु महोत्सव : पाँच करोडको आलु बिक्री

हेमजा आलु महोत्सव : पाँच करोडको आलु बिक्री

हेमजा आलु महोत्सव पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ ।

आलु गाउँको नामले परिचित हेमजामा गत चैत २६ गतेदेखि सुरुआत भएको ११औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो ।

हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो ।

त्यस्तै हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षासेवीद्वय चतुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए । त्यस्तै सो अवसरमा शाखाले किसान परिचयपत्र पनि वितरण गरिएको थियो ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु