global ime bank Long Banner Ad

गृहपृष्ठ ओली निवास बालकोट पुगे प्रचण्ड–देउवा

ओली निवास बालकोट पुगे प्रचण्ड–देउवा

ओली निवास बालकोट पुगे प्रचण्ड–देउवा

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ । बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागि छन् ।

यो बीचमा ३ दिन यता पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेको थियो । सोही कारण आज बिहान ९ बजे प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्दै संसद्‌मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गरेका हुन् ।

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु