global ime bank Long Banner Ad

गृहपृष्ठ म्यानमारमा हवाइ आक्रमणः एक सय जनाको मृत्यु

म्यानमारमा हवाइ आक्रमणः एक सय जनाको मृत्यु

म्यानमारमा हवाइ आक्रमणः एक सय जनाको मृत्यु

 म्यानमारमा सेनाको हवाइ आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।  म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो ।

सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या १०० पुगेको हो ।

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्टा शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार (एनयूजी) का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए । म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु