‘कोकाकोला म:म उत्सव’को आठौं संस्करण सम्पन्न
वि.सं.२०७९ चैत २९ बुधवार १४:०६
shares

मःम र कोकलाई सेलेब्रेट गर्दै कोकाकोला मःम उत्सवको आठौं संस्करण सम्पन्न भएको छ ।
‘कोक+मोमोको स्टोरिज : म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोकाकोलाले आठ वर्षदेखि मःम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरमा आयोजना भएको थियो ।
भक्तपुरमा ‘भक्तपुर कुकिंग’ कार्यक्रमको साथ समापन भएको कोक मोमोरी फेस्ट भएको थियो । जहाँ ४४ सयभन्दा बढी उपभोक्ताले कुटुम्ब, स्वप्न सुमन, तृष्णा गुरुङजस्ता लोकप्रिय कलाकारको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकैपटक तीनै सहरका उत्कृष्ट मःमका स्वादहरू लिने अवसर पाएका थिए ।
कोकाकोला मःम उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो । जसले नेपाली परिकार मःम र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियानमार्फत कोकाकोलाले नेपालभरका एक हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।
देशका मुख्य सहरहरूमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै सहरमा एकदमै उल्लेखनीय सहभागिता रहेको थियो । कोकले उपभोक्ताहरूलाई त्यस्ता मोमोरिजहरू सेयर गर्न आह्वान गरेको थियो । तीमध्ये रमाइला मेमोरी सेयर गर्ने उपभोक्तालाई दैनिक दराज भौचरहरू, साप्ताहिक पुरस्कारहरूमा सामसङ ग्यालेक्सी ए०४ई, बम्पर पुरस्कारमा ए०४ई र स्वस्तिमा खड्कासँग डिनर प्रदान गरिएको बताइएको छ ।
यसका साथै, त्यस्ता मेमोरिजहरू सेयर गर्ने एक हजार बढी उपभोक्तामध्येबाट १५० भन्दा बढीलाई पुरस्कार प्रदान गरिएको थियो ।

























