काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अडियोमा रहेको आवाज मेरो होइन, यो कसैको प्रोपोगाण्डा हो –ढाकाकुमार श्रेष्ठ

6.55K
shares

मन्त्री बन्न दुई करोड घूस मागेको भनेर सार्वजनिक भएको अडियो आफ्नो नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले अडियोमा रहेको आवाज आफ्नो नभएको बताएका हुन् ।

उनले उपचुनावको वेला नै अडियो बाहिर ल्याउनु आफू र पार्टीविरुद्धको प्रोपोगाण्डा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, “म आफैं दंग छु, यो आवाज मेरो होइन, चुनावको वेलामा नै आउनु कसैको प्रोपोगाण्डा हो।”

पटकपटक विवादमा मुछिँदै आएका सांसद श्रेष्ठलाई यसअघि गत पुसमा उनी पूर्व अध्यक्ष रहेको साथी किसान सहकारीमा झन्डै एक करोड रुपैयाँ हिनामिनाको गरेको आरोप लागेको थियो। त्यति वेला सांसद श्रेष्ठले आफूले सबै जिम्मेवारी वर्तमान समितिलाई दिएको र रकम हिनामिना नगरेको प्रष्टिकरण दिएका थिए।