गृहपृष्ठ दलाल तथा नोकरशाही तन्त्रलाई गठबन्धनले प्रवर्द्धन गरेको छ –शंकर पोखरेल

दलाल तथा नोकरशाही तन्त्रलाई गठबन्धनले प्रवर्द्धन गरेको छ –शंकर पोखरेल

दलाल तथा नोकरशाही तन्त्रलाई गठबन्धनले प्रवर्द्धन गरेको छ –शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको अर्थतन्त्र कमजोर बनाएर कमिसनका लागि कालोबजारी, तस्करी, घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई देउवा–प्रचण्डको गठबन्धनले प्रवद्धन गरेको आरोप लगाएका छन्। त्यस्तै रास्वपा अध्यक्ष रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादानको याचना गरेको आरोप समेत लगाएका छन्।

आज सामाजिक सञ्जाल मार्फत उनले रवि लामिछानेले राहदानी प्रकरणमा क्षमादान पाएको भन्दै सुशासनको घण्टी बजाउनुको केही अर्थ नभएको उल्लेख गरेका छन्। नागरिकता मुद्दामा मन्त्री र सांसद पद गुमाएका रविलाई राहदानी दुरुपयोग प्रकरणमा भने उनलाई केही राहत मिलेको छ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मुलुकको अर्थतन्त्रलाई कमजोर बनाएर कमिसनका लागि कालोबजारी,तस्करी,घुसखोरी र दलाल तथा नोकरशाही तन्त्रलाई प्रवर्द्धन गर्ने देउवा–प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरूले सुशासनको घण्टी बजाउनुको कुनै अर्थ र महत्व बाँकी रहेन।’

प्रकाशित समय : ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु