गृहपृष्ठ कामना सेवा विकास बैंकको लाभांश घोषणा
कामना सेवा विकास बैंकको लाभांश घोषणा
कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान बाँडफाँट हिसाब तथा अरू वितरणयोग्य कोषहरूबाट ४.६४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको यही चैत १६ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल बैंकको चुक्ता पुँजी तीन अर्ब १४ करोड २५ लाख रुपैयाँ छ ।
प्रकाशित समय : १३:३९ बजे


















