गृहपृष्ठ सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण
सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण
सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलाइसिस भवन हस्तान्तरण गरेको छ ।
२६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौताबमोजिम ५५ लाख रुपैयाँ लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी बुधबार अस्पताललाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वीरगञ्ज क्षेत्रका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख प्रविन ढुंगेललगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आइरहेको चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले बिरामीहरुलाई व्यवस्थित ढंगबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने बताए ।
प्रकाशित समय : १७:०० बजे



















