global ime bank Long Banner Ad

गृहपृष्ठ सामसङले ल्यायो नयाँ ग्यालेक्सी ए५४ र ए३४ फाइभजी

सामसङले ल्यायो नयाँ ग्यालेक्सी ए५४ र ए३४ फाइभजी

सामसङले ल्यायो नयाँ ग्यालेक्सी ए५४ र ए३४ फाइभजी

सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ ।

ए-सिरिजका २ वटा नयाँ फोनमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरु रहेको कम्पनीले जनाएको छ । ‘हामी नयाँ सामसङ ग्यालेक्सी ए३४ र ए५४लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ’, कम्पनीले भनेको छ, ‘यी उपकरणहरुमा हाम्रो चिरपरिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्, जसले ग्राहकहरुलाई कम प्रकाशको अवस्थामा पनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ ।’

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीमा फ्लोटिङ क्यामराका साथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको बताए । उनका अनुसार ग्यालेक्सी ए सिरिजमै पहिलो पटक ए५४ फाइभजीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ फाइभजी ३ रङहरू कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ फाइभजी पनि कालो, हरियो र सिल्भर गरी ३ रङमा उपलब्ध छ ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपी ६७ रेटिङ पाएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धूलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिँदैन र खस्दासमेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ फाइभजीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।

ग्यालेक्सी ए५४ फाइभजी ५० एमपी ओआइएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपी ओआइएस प्राइमरी लेन्स र ८ एमपीको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर-लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुणा व्यापक ओआइएससँग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुणासम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो/भिडियो खिच्न सक्नेछन् ।

प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अल पिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाश सट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी दुवै अटो फ्रेमिङका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङको दौरानमा हरेक पटक स्थिर र ५ जनासम्मलाई एकसाथ जूम गर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ ।

दुवै मोडलहरुमा ५ एमपीको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्याग्शिप सिरिजहरुमा अति नै मन पराइएको नाइटोग्राफी विशेषता ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेकसी ए३४ फाइभजीमा समावेश गरेर अझ बढी पहुँचयोग्य बनाइएको छ ।

यसले प्रयोगकर्ताहरुलाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ । फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यून प्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन । ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरुका साथमा जीवन्त रङहरुको विशेषता रहेका छन् ।

१२० हर्जको रिफ्रेस दर भएका दुवै उपकरणहरुमा तीव्र गतिको चालमा पनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय रुपमा सहजता प्रदान गर्दछ । यसका अतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिता अधिकतम गरिदिन्छ, जबकि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमा पनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सिल्ड पनि राखिएको छ ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको ध्वनि क्षमतामा समेत सुधार गरिएको छ, जसको लागि यसमा सुधारिएको ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पिकरहरु राखिएका छन् । यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढंगको हुनेछ ।

५००० एमएएच ब्याट्रीजडित ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेकसी ए३४ फाइभजी २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ । दुवै डिभाइसमा एउटा अतिरिक्त माइक्रो एसडी कार्डसहित १ टीबीसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीले सामसङको डिफेन्स ग्रेड सुरक्षा प्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनि दिइएको छ, यसले यी मोबाइलहरु अद्यावधिक भइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ ।

पछिल्लो ए-सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्ट लाई ६० हजार रूपैयाँ मूल्यमा प्रस्तुत गर्दैछ, जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई संकेत गर्दछ ।

दुवै ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजी २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ फाइभजीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ पर्छ भने ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै ए३४ फाइभजीको ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत १ टीबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।

प्रकाशित समय : १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु