global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच

एनआइसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच

एनआइसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच

एनआइसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले एसटुएमसँगको सहकार्यमा आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको हो ।

बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । डिजिटल कारोबारमा आम ग्राहकहरूको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको हो ।

यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरूमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरलसमेत बनाउन ठोस टेवा मिल्ने बताइएकाे छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आधुनिक प्रविधिहरू आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहकहरू माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरू पुर्‍याउन मद्दत पुग्ने हुँदा उनीहरूको दैनिक बैंकिङ अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रकाशित समय : १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु