global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अर्का नाइके राई समातिए

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अर्का नाइके राई समातिए

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अर्का नाइके राई समातिए

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वान्चल क्षेत्रका नाइके पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।

पथरी–शनिश्चरे नगरपालिका, वार्ड १० का निर्वतमान वडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

आफू निर्वाचित वडाध्यक्ष भएकै बेलामा राईले पूर्वका जिल्ला केन्द्रित हुँदै अमेरिका जाने सपना देखाएर मोटो रकम उठाउन थालेका थिए । यो गिरोहका नाइके दुलालका तर्फबाट पूर्वान्चल क्षेत्रको आर्थिक कारोबार जिम्मा लिएका राईलाई पूर्वमा ‘दुलालको मुन्सी’ भनेर चिनिने गरेको पीडितले जनाएका छन् । स्रोतका अनुसार दुलाल पक्राउ परेपछि उनले आफ्नो बयानमा समेत राईको नाम मुछेका छन् ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु