global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनमा रास्वपाको भाग सुरक्षित !

गठबन्धनमा रास्वपाको भाग सुरक्षित !

गठबन्धनमा रास्वपाको भाग सुरक्षित !

प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पनि सरकारमा ल्याउने प्रयास गरेका थिए । रास्वपाले पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा सरकार आउन बताएपछि गठबन्धनका दलहरु गैरसांसदलाई मन्त्री बनाउन सहमत भएनन् ।

बुधबार साँझसम्म रास्वपा सरकारमा आउने संभावना देखिएको छैन । तर तत्काल रास्वपा सरकारमा सहभागी नभए उसको भाग सुरक्षित राखिएको नेताहरु बताउँछन्।

नेताहरूका अनुसार रास्वपा सरकारमा सहभागी हुन तयार भएको अवस्थामा अहिले पाएको मन्त्रालय संख्याबाट घट्न माओवादी केन्द्र तयार छ । स्रोतका अनुसार, अहिले भएको भागबण्डामा पनि रास्वपालाई सरकारमा ल्याउनकै लागि माओवादी केन्द्रले ५ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेसपालाई एक सिट छुट्याएको छ, जुन रास्वपा सरकारमा आउँदा दिइनेछ ।

नागरिक उन्मुक्ति पार्टीले पनि रेशम चौधरीको रिहाइ भएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ । तर नाउपालाई पनि एउटा सिट छुट्याइएको छ । भोलि रास्वपा सरकारमा सहभागी हुने अवस्थामा यही मन्त्रालयहरूबाट मिलाएर भाग दिने नेताहरू बताउँछन् ।

तर रास्वपाका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा गठबन्धनले छलफलमा नबोलाएकाले पार्टीले निर्णय नगरेको बताउँछन् ।

रास्वपा नेताहरूका अनुसार अब आगामी वैशाख १० गते हुने उपचुनावपछि सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय हुनेछ ।

रवि लामिछाने पुनः चुनाव जित्ने र त्यसपछि उनकै नेतृत्वमा सरकारमा जाने रास्वपाका नेताहरू बताउँछन् ।

प्रकाशित समय : ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु