global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति विकास बैंकले गर्‍यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

ज्योति विकास बैंकले गर्‍यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

ज्योति विकास बैंकले गर्‍यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो । बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रमअन्तर्गत स्कुल तथा कलेजहरू, विभिन्न संघ-संस्थालगायत स्थानीय समुदायमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

साथै, बैंकले सामाजिक संजाल र वेबसाइटमार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, ओटीपी, पासवर्ड, पिन, सीभीभीजस्ता संवेदनशील विवरणहरु कसैसँग पनि सेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ ।

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशभरीका विभिन्न बैंक शाखाहरुमार्फत बैंकिङ कारोबार, वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग लगायतका विषयहरुमा आधारभूत ज्ञान प्रदान गर्न तथा जनचेतना जगाई वित्तीय साक्षरता बढाउनका लागि साक्षरता र सचेतना कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु