गृहपृष्ठ सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक बस्दै
मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्नेछन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
हिजोको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भने जुटेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा एकीकृत समाजवादी र जसपाले तीन/तीन र लोसपाले दुई मन्त्रालयमा दाबी नछाडेपछि सहमति नजुटेको स्रोतले बतायो ।
प्रकाशित समय : १०:०२ बजे


















