गृहपृष्ठ १० वर्षमा साक्षरतादर १० प्रतिशतले बढ्यो
१० वर्षमा साक्षरतादर १० प्रतिशतले बढ्यो
नेपालमा १० वर्षको अवधिमा साक्षरतादर १० प्रतिशतले बढेको पाइएको छ ।
जनगणना–२०७८ को सार्वजनिक तथ्यांक अनुसार हाल ७६ दशमलव ३ प्रतिशत नेपाली साक्षर रहेको पाइएको हो । जसमा पुरुष ८३ दशमलव ३ र महिला ६९ दशमलव ४ रहेको तथ्यांकले देखाएको छ । ५ वर्ष वा सो भन्दा माथिको जनसंख्यामा गरिएको सर्वेक्षणले सो आंकडा देखाएको हो ।
यसअघि २०६८ को जनगणना अनुसार नेपालको कुल साक्षरतादर ६५ दशमलव ९ प्रतिशत रहेको थियो । जसमा पुरुष ७५ दशमलव १ र महिला ५७ दशमलव ४ प्रतिशत रहेको थियो ।
प्रकाशित समय : १४:४५ बजे


















