nmb bank

गृहपृष्ठ प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । साे क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए ।

त्यसबीचमा अर्का एकजना युवाले ‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’ भन्दै नारा लगाए । दुवैजना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवैजना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद’, ‘मूल्य वृद्धि खारेज गर्’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन-यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए ।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए । ती युवालाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु