global ime bank Long Banner Ad

गृहपृष्ठ डक वर्थ लुइस नियमको आधारमा नेपालले जित्यो युएईलाई

डक वर्थ लुइस नियमको आधारमा नेपालले जित्यो युएईलाई

डक वर्थ लुइस नियमको आधारमा नेपालले जित्यो युएईलाई

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।

नेपालले डीएल प्रणालीमा यूएईलाई ९ रनले हराएको हो । ४४ ओभर सकिँदा खराव प्रकाशका कारण अम्पायरले खेल रोक्नुअघि नेपालले २६९ रन बनाएको थियो  ।

नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जित निकालेको हो । यो एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको लगातार जित कीर्तिमानसमेत हो ।

सन् २०१९ देखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाल तेस्रो भएको छ । पछिल्लो १२ मध्ये ११ खेल जितेर नेपालले ३६ खेलबाट ४० अंकसहित तेस्रो स्थान हासिल गरेको हो । ३६ खेलबाट ५० अंकसहित स्कटल्याण्ड लिग टू च्याम्पियन भइसकेको छ भने ४४ अंकसहित ओमान दोस्रो भएको छ ।

जितसँगै नेपाल जुलाईमा जिम्बाबेमा हुने एकदिवशीय विश्वकप ग्लोवल क्वालिफायरका लागि छनोट भएको छ ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु