काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टोस्टमास्टर्स नेपालको साइटेसन सम्पन्न, राजेश हमाललाई ‘कम्युनिकेटर अवार्ड’

7.06K
shares

नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आफ्नो वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ सम्पन्न गरेको छ ।

२७ गते आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४०० सदस्य सहभागी थिए । उत्कृष्ट सञ्चार कौशल भएका टोस्टमास्टर क्लब बाहिरका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठित कम्युनिकेटर अवार्ड यो वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डीटीएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डीटीएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डीटीएमले संयुक्त रुपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो भने डिस्ट्रिक्ट ४१ का इमिडिएट पास्ट डिस्ट्रिक्ट डिरेक्टर रञ्जित आचार्यले यस वर्षको अवार्ड विजेता घोषणा गरेका थिए । उत्कृष्ट सञ्चार कौशल र अनुकरणीय योगदानका लागि अभिनेता हमाललाई यस वर्षको ‘कम्युनिकेटर अवार्ड’द्वारा सम्मानित गरिएको हो ।

अवार्ड ग्रहण गर्न पाउँदा आफू गौरवान्वित भएको अभिनेता हमालले बताए । ‘मेरो काम र उपलब्धिलाई सम्मान गरेकोमा टोस्टमास्टर्सप्रति आभार प्रकट गर्दछु । अवश्य पनि यो सम्मानले मलाई भविष्यमा अझै राम्रो गर्न हौसला प्रदान गरेको छ,’ उनले भने ।

सम्मेलनमा ‘आइ एम इन्टेग्रिटी’ थिममा प्यानल छलफल पनि गरिएको थियो । प्यानलमा भूषण दाहाल, अनिल शाह र रेशु ढुंगाना थिए भने छलफलको सञ्चालन ए डिभिजनका निर्देशक दिप्ती आचार्यले गरेका थिए । छलफलमा सबै प्यानल सदस्यले व्यक्तिगत र व्यावसायिक जीवनमा इमान्दारिता कायम राख्नुपर्ने कुरामा प्रकाश पारेका थिए । डिभिजन सी निर्देशक रवीन्द्र प्रधानको संयोजकत्वमा भएको सम्मेलनमा टोस्टमास्टरका सदस्यहरूले आफ्नो गायन, नृत्य र हास्यव्यंग्य प्रतिभा प्रदर्शन गरेका थिए । सम्मेलनलाई डिभिजन बी र डी का डाइरेक्टर जेनी मानन्धर र बृजेन्द्र रोचन जोशीले संयुक्त रुपमा समापन गरे ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डीटीएमले साइटेसन २०२३ एउटा ऐतिहासिक कार्यक्रम एउटा अत्यन्तै राम्रो सिक्ने अवसर भएको बताए । उनले भने, ‘दिल्लीदेखि म यहाँँ आएको छु र नेपालको सबै टोस्टमास्टर्सहरुलाई भेट्न पाएको छु । आशा गर्दछु सबै टोस्टमास्टर्सहरुले एक-अर्कासँग राम्रोसँग चिनजान गर्नुभयो र राम्रो सञ्जाल बनाउनुभयो । पक्कै पनि यस सम्मेलनले सबै टोस्टमास्टर्सहरुलाई एकतावद्ध हुन र एक अर्कालाई अगाडि बढाउन मद्दत गरेको छ ।’

साइटेसन सम्मेलन २०२३ का इभेन्ट चेयर अभिस आचार्यले यो वर्षको कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा धेरै टोस्टमास्टर्सहरु आएको बताए । ‘एक-अर्कालाई चिन्ने र एक-अर्काबाट सिक्ने तथा आफूहरुलाई हिजोभन्दा आज झन् सुधार्ने कुरामा वहाँँहरुको सहयोग र लगनशीलता प्रशंसनीय छ । कार्यक्रममा उत्साहजनक रुपमा सहभागी भएर कार्यक्रमलाई सफल बनाइदिनुभएकोमा म सम्पूर्ण लिडरहरु प्रति आभारी छु,’ उनले भने ।

हाल नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन् ।