global ime bank Long Banner Ad

गृहपृष्ठ पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश

पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश

ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीले जनाएकाे छ । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु