global ime bank Long Banner Ad

गृहपृष्ठ अस्पतालमा जानकारी नगराई बिदा बसेका ५ नर्सलाई वीर अस्पतालले सेवाबाट हटायो

अस्पतालमा जानकारी नगराई बिदा बसेका ५ नर्सलाई वीर अस्पतालले सेवाबाट हटायो

अस्पतालमा जानकारी नगराई बिदा बसेका ५ नर्सलाई वीर अस्पतालले सेवाबाट हटायो

वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ ।

सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।

अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्‍याएर सेवाबाट हटाइएको हो ।

अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए ।

प्रकाशित समय : ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु