global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन १७ सयले बढ्यो सुनको मूल्य

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनकाे प्रतिताेला मूल्य एक लाख तीन हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । यसको मूल्य गत शुक्रबार एक लाख १ हजार ३ सय सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले वृद्धि भएकाे हाे । शुक्रबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु