global ime bank Long Banner Ad

गृहपृष्ठ आठ दलीय गठबन्धनको बैठकमा प्रभु साह पनि

आठ दलीय गठबन्धनको बैठकमा प्रभु साह पनि

आठ दलीय गठबन्धनको बैठकमा प्रभु साह पनि

उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी आठ दलीय गठबन्धनको बैठकमा प्रतिनिधिसभा सदस्य प्रभु साह पनि सहभागी भएका छन् ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर सांसद पदमा विजयी साहले पछि ‘आम जनता पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

साहको सहभागितासँगै गठबन्धन नौ दलीयबाट दस दलीय भएको छ । किनकि यसअघि आठ दलीय गठबन्धनमा बाबुराम भट्टराई पनि सहभागि भएका छन् ।

उपराष्ट्रपति पदमा गठबन्धनका जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले दाबी गरेका छन् ।

गठबन्धनमा सहमति हुनुअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमतले ममता झा र नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भनेका छन् ।

तर नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ उमेरका कारण उपराष्ट्रपति पदका लागि अयोग्य छिन्। किनभने संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्रपतिको उम्मेदबार बन्न ४५ वर्ष पुगेको हुनुपर्छ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ।

राष्ट्रपति पदमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु