गृहपृष्ठ पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य
पीएनजीलाई नेपालले दियो २९८ रनको लक्ष्य
आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई २९८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २९७ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको सर्वाधिक योगफल हो । तीन साताअघि नामिबियाविरुद्ध लिग-२ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २८७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ओपनर आसिफ शेखले ११० बलमा ११० रन बनाए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुईबीच ११० रनको साझेदारी भएको थियो ।
भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।
पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए ।
विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित निकाल्नु पर्ने हुन्छ ।
प्रकाशित समय : १३:१३ बजे



















