global ime bank Long Banner Ad

गृहपृष्ठ नेमकिपा पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने (विज्ञप्ति)

नेमकिपा पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने (विज्ञप्ति)

नेमकिपा पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने (विज्ञप्ति)

नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका सचिव प्रेम सुवालले बताएका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कांग्रेस र एमालेको दृष्टिकोणमा अन्तर नभएको जनाउँदै निर्वाचनमा सहभागी नहुने निर्णय भएको नेमकिपाले जनाएकाे छ । ‘आज मिति २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो । राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर छैन,’ विज्ञप्तिमा भनिएकाे छ ।

नेमकिपाका प्रतिनिधि सभामा १ र प्रेदश सभामा ३ सांसद रहेका छन् । यसअघि राप्रपाले पनि सहभागी नहुने निर्णय गरेको थियो । राप्रपाका भने प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद रहेका छन् ।

यस्तै, प्रतिनिधि सभामा १९ सांसद रहेको रास्वपाले पनि कसलाई मत हाल्ने भन्ने निर्णय गरिसकेको छैन । उक्त दलको बैठक बिहान ११ बजेखि बसिरहेको छ ।

विज्ञप्ति :

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु