काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

3.45K
shares

बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली समेत सहभागी हुँदैछ ।

गत नोभेम्बरमा बंगलादेशमै भएको यू–१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू–१७ च्याम्पियनसिप हुन लागेको हो ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ र अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।

च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ,

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार