गृहपृष्ठ कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी
कृषि विकास बैंकको अध्यक्षमा पुडासैनी
कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सक्नुभएका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरेका उनी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए ।
पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।
प्रकाशित समय : २२:०२ बजे




















