गृहपृष्ठ स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना पनि मिनाहा

स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना पनि मिनाहा

स्थानीय तह निर्वाचनका उम्मेदवारको जरिवाना पनि मिनाहा

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवाना राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरिदिएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिवानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ ।’

निर्वाचन खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरुबाट तत्काल जरिवाना असुल नगर्न बुधबार सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित समय : ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु