गृहपृष्ठ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा १४ जनाको सजाय माफी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा १४ जनाको सजाय माफी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा १४ जनाको सजाय माफी

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्कर गौतमसहित १४ जनालाई सजाय माफी गरिदिएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९र११र०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,’ राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गौतम ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भई गत माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । तत्कालीन विद्रोही माओवादीले २०५५ असारमा श्रेष्ठको गोली हानेर हत्या गरेका थिए । उक्त प्रकरणमा बालकृष्ण ढुंगेल पनि जोडिएका थिए ।

संविधानको धारा २७६ मा रास्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मूल्तवी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।

प्रकाशित समय : ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु