गृहपृष्ठ सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बइ लगियो

सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बइ लगियो

सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बइ लगियो

नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।

काठमाडौं स् ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो। उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ।

क्रिटिकल केयर युनिटका डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा. वृहस्पति,फ्लाइट डा. रोसन शर्मा, प्यारामेडिक्सतर्फका दिनेश राई, सागर महर्जन र राज तामाङ गएका हुन्।

बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो।

अस्पतालले उपलब्ध साधन र स्रोतबाट यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको थियो।

आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ। भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नेता भण्डारीको २५ – ३० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु